स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता

मंसिर १५, पोखरा बुधबार रातिबाट मतगणना सुरु भएको स्याङ्जा( २ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन्।

जारी मतगणनाअनुसार अर्यालले २ हजार ३०४ मत पाएकी छन् भने नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मत हासिल गरेका छन्।

दुवैबीच ६०१ मतान्तर रहेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन्।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनुपर्ने माग एमालेले राखेपछि निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएको हो।

सोअनुसार बुधबार रातिबाट मतगणना सुरु भएको हो।