मंसिर ६, तनहुँ – तनहुँका प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
हाल जारी मतगणनामा प्रतिनिधिसभा अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ९४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले ६०३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २६१, राप्रपाका विनोद घर्तीले २२६ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १४८ मत प्राप्त गरेका छन् ।
तनहुँ १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले ५९९, नेकपा ९एमाले०का रामबहादुर गुरुङले ३७५ मत प्राप्त गरेका छन् ।
तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमानले एक हजार १०४ र नेकपा ९एमाले० का पूर्ण गुरुङले ४७० मत प्राप्त गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ । भण्डारीले छ हजार एक सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा ९एमाले०का किरण गुरुङले चार हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले नौ सय १८, हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले एक सय ८५ र राप्रपाका नरेन्द्रप्रताप महतले २०६ मत प्राप्त गरे ।
प्रदेशसभा १ तर्फ नेकपा ९माओवादी० केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्दा नेकपा ९एमाले०का श्यामराजा महतले एक हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा २ तर्फ नेकपा ९एमाले०का केदार सिग्देलले सात सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतप्रकाश आलेले ६४७ मत प्राप्त गरेका छन् ।