मंसिर ४, काठमाडौं -प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतगणना बेलुका ८ बजेदेखि सुरु हुने बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले
यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए ।
बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने उनले बताए ।