कात्तिक २७, काठमाडौं – विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ ।
नेपाल क्रिकेट संघ -क्यान_ ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।