असोज ८ , काठमाडौं – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति बिद्यादेवी भण्डारीको कदम बिरुद्ध असोज ९ गतेदेखि चरणबद्ध रुपमा आन्दोलनका घोषणा गरेको छ ।
राष्ट्रपतिले नागरिक बिधेयक प्रमाणित नगर्दा लाखौ जनता नागरिकता बिहिन हुनु पर्ने अवस्था आएको र सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दसैभर आन्दोलन गर्ने घोषणा गरेको हो ।
सो पार्टीले एक बिज्ञप्ती निकाल्दै मधेश प्रदेशका प्रत्येका वडामा माइकिङ गर्ने, जुलुुस निकाले,राष्ट्रपतिको बिरोध मा पुतला जलाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिरोध कार्यक्रम अन्र्तगत यहि असोज ९ र १० गते मधेश प्रदेशका प्रत्येक वडामा माइकिङ गर्दै राष्टपतिको बिरोध गर्ने, ११ देखि १८ गतेसम्म बिरोध गर्दै अत्तरक्रिया गर्ने कार्यसुची रहेको छ ।