भदौ ८ काठमाडौं–
काठमाडौ महानगपालिकाले भुमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम थालनी गरेकोछ । बुधबार महानगरपालिकाले न्युरोडको रञ्जना गल्ली भित्र बनेका थुप्रै भवनहरुमा डोजर लगाएको छ । यस अघि सुनधारास्थित काठमाडौ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा अवैध भवन भत्काइ सकेकोछ ।
मेयर बालेन साह नेतृत्वको टोलीले महानगरभित्रका अवैध संरचना भत्कान सुरु गरेको हो । साहकै उपस्थीतिमा डोजर चलाउन थालिएको हो । पसलेले महानगरपालिका संग क्षतिपुर्तिको माग गर्दा मेयर साहले घरबेटीको दोष रहेको यसमा महानगर कुनै जिम्मेवार नरहेको बताएका छन् ।
मेयर बालेनले धमाधम अवैध संरचना भत्काउदै : रञ्जना गल्ली भित्र पस्यो डोजर
