भदौं ५, काठमाडौं – पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ।
दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ।