इमेलखबर, १८ साउन—
अविर वर्षाका कारण सप्तकोशीमा बाढीले कटान गरेकोछ । कटानबाट प्रभावीत ९ सय परिवारलाई सुरक्षित स्थानमा सारेर उद्धार गरिएकोछ । उदपयुरको बेलका नगरपालिका—८ डुम्रीबोटदेखि सप्तकोशी नदीको भंगालो बस्तीमा बाढी कटान भएको हो ।
बाढीले करिब ५० मिटर लामो बांध भत्काएको छ । नदी कटानमा प्रभावीत ९ सय घरधुरीलाई सारेर सुरक्षित स्थानमा पुराइएको उदयपुरका एसपी सुवास बोहराले जानकारी दिएका छन् । स्थानीय प्रशासनले थप बस्ती सुरक्षित गर्न गिबेरी टोलमा पनि सुरक्षाकर्मी खटाएकोछ ।
सप्तकोशीमा बाढी कटानले वस्ती प्रभावीत
