एसिड आक्रमणमा परेकाहरुको अब निशुल्क उपचार हुने

साउन १४, काठमाडौं – एसिड आक्रमणमा परेकाहरुको अब निस्शुल्क उपचार हुने भएको छ । उपचारका लागि सरकारले चारवटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एसिड आक्रमणमा परेका पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निः शुल्क सेवा लिन सक्ने छन् ।

आकस्मिक उपचार पछि थप उपचार गर्नु परेमा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,वीर अस्पताल,कीर्तिपुर अस्पताल र ललितपुरको पाटन अस्पतालमा निः शुल्क उपचार गर्न सकने मन्त्रालयले जनाएको छ ।