थप ५७७ मा कोरोना संक्रमण पुष्टि

साउन १३, काठमाडौं  – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ ।