साउन २, काठमाडौं –गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ । साउन महिनाभर रेसुङ्गामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् । श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुङ्गा पुग्ने गर्दछन् । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए । त्यस्तै रेसुङ्गामा यही साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने भुसालले जानकारी दिए ।
रेसुङ्गामा साउने मेला
