गायिका सुमिता राईको सुख खुसी सार्वजनिक

असार २४, काठमाडौं  – लामो समयबाट बेलायत बसोबास गरिरहेकी गायिका सुमिता राईको ‘सुख खुसी’ बोलको म्युजिक भिडिओ हालै सार्वजनिक भएको छ।

गीतमा शब्द हिमकला किराती तथा संगीत गङ्गाराज राईका छन्। रेकर्डिङ पनि उनैले गरेका हुन्।

राजु कार्कीले एरेन्ज गरेको गीतको भिडिओ कुशल श्रेष्ठले छायांकन, सम्पादन र निर्देशन गरेका हुन्। यसमा दिपिका श्रेष्ठ र शिव श्रेष्ठले सहयोग पुर्याएका छन। सबै काम बेलायतमै सम्पन्न गरिएको हो।

भिडिओमा गायिका स्वयं र खरुन राईको अभिनय छ।

सानैदेखि गीत संगीतमा रुचि भए पनि त्यो साकार पार्न लामो समय लागेको गायिका राईले नेपालखबरसँग बताइन्। शिक्षणसँगै सांगीतिक यात्रालाई निरन्तरता दिने र भविष्यमा थप म्युजिक भिडिओ बनाउने उनको योजना छ।

गायिका राईको यो छैटौं अफिसियल म्युजिक भिडिओ हो। हाल एक गीति एल्बमका निम्ति तयारीमा जुटेको जानकारी उनले दिइन्।