आइतबारको साप्ताहिक विदा फिर्ता लिने सरकारको निर्णय

जेठ २३, काठमाडौं  – सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा खारेज गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।