नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम

 

 

जेठ २० , काठमाडौं – वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–१४ मा पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम अघि बढाउने तयारी गरेको छ । नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पिपरामठमा पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि पुनःनिर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ वीरगञ्जको ऐतिहासिक र धार्मिकस्थल भएको उल्लेख गर्दै उहनले यसलाई पुरानै शैलीमा पुनःनिर्माण गरेर व्यवस्थित बनाइने बताए । पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ, मर्मत र संरक्षण नगरिँदा जीर्ण बन्दै गएको छ । पिपरामठ गुठी संस्थानअन्तर्गत रहे पनि वीरगञ्जको सम्पत्ति भएकाले यसको संरक्षण र संवद्र्धन महानगरपालिकाले गर्ने नगरप्रमुख सिंहले बताए ।