चैत ६, एजेन्सी प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।
म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलमै रोकिन पुग्यो ।