पुष १६, काठमाडौं – फिल्म ‘चिसो एस्ट्रे’ को टिजर रिलिज गरिएको छ । चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।
चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।
उज्जल बस्ताकोटीले छायाङ्कन गरेको ‘चिसो एस्ट्रे’लाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।