दराजको भव्य सेल-११.११ मा एनसीसी डेविट कार्ड प्रयोगर्कताहरुलाई १५ प्रतिशत छुट

कात्तिक १८,काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) का ग्राहकहरुले दराज अनलाइन सपिङमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

एनसीसी बैंक र दराज अनलाइन सपिङ बिच दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता पश्चात ग्राहकले छुटको सुबिधा पाउने भएका हुन् ।

सम्झौता अनुसार एनसीसी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम तीन हजार र क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय सम्मका छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजाना कार्तिक २५ (नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।