भदौ २१, झापा – आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा भिटिए पछि हत्या आशंकामा उनका भाई रतनलाई प्रहरीले पक्राउ गरेको हो ।
दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर १५ स्थितबाट मार्तल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।