‘फाउन्डेसन’ छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु

भदौं १५, काठमाडौं – फाउन्डेसन मेकअपको बेस हो । दाग–धब्बा छोप्नुका साथै अनुहारमा ग्लो ल्याउन फाउन्डेसनको प्रयोग गरिन्छ ।बेस नै सही भएन भने सौन्दर्य निखारिनुको सट्टा कुरूप देखिन्छ । त्यसैले फाउन्डेसनको उचित छनोट जरुरी हुन्छ ।

यसकारण फाउन्डेसन छनोट गर्दा निम्नाकुरामा ध्यान दिनु जरुरी छ ।

फाउन्डेसनको सही छनोट नहुदा भने अनुहारलाई भद्दा देखाउँछ । त्यसैले यो आफ्नो छाला सुहाउँदो हुनुपर्छ ।

फाउन्डेसन चेक गर्दा धेरैले हातको पछाडि लगाएर चेक गर्छन् । तर हात र अनुहारको रंग मिल्दैन, जसले गर्दा सही सेड मिल्दैन । निधार र ‘ज लाइन’ मा चेक गर्नुपर्छ ।

फाउन्डेसनको छनोट गर्दा छालाको टोनसँगै आफ्नो छालाको प्रकार पनि कस्तो छ जान्नुपर्छ । चिल्लो छाला हुनेहरूले लाइटवेट आयल फ्रि र सुख्खा हुनेहरूले मोस्चराइजर बेस्डको रोज्नुपर्छ ।

मौसमले पनि फाउन्डेसनको छनोटमा प्रभाव पार्छ । जाडोमा आयल बेस्ड र गर्मीमा म्याट फाउन्डेसन उपयुक्त मानिन्छ ।