भदौं ११, काठमाडौैं – बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
उक्त सडकमा बहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।