एलिना चौहानको शब्दमा कराइ धोइदेउन ( हेरौंं भिडियो )

भदौं ६, काठमाडौं  – गायिका एलिना चौहान र कलेज नेपालका जिवेश गुरुङको आवाजमा ुकराइ धोइदेउनु बोलको गीत सार्वजनिक भएको छ ।

गायिका चौहानकै शब्द रचना रहेको गीतमा संगीत भीम कुसारीले भरेका छन् । भिडियो निर्देशन जिवेशको रहेको छ । रुपेश थापा र महावीर कार्कीको संयुक्त छायाङ्कन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, निमबाबु तामाङको कोरीयोग्राफी समावेश छ ।

एलिना र जिवेशले नै भिडियोमा अभिनय गरेका छन् साथै, यी दुईलाई भिडियोमा साथ सँगम भण्डारी, बानूँ राम शाक्य र कमल मैनाली पनि दिएका छन्  ।