२० युनिट खपत गर्ने नागरिकले निःशुल्क विद्युत पाउने ऊर्जामन्त्रीको भनाई

भदौ ५, काठमाडौं  – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने बताएकी छन् ।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिनामा कार्यान्वयनमा ल्याइछाडने प्रतिवद्धता जनाएकी हुन्।

मन्त्री भुसालले भनिन्,‘२० युनिटसम्म विद्युत बाल्ने कति छनरु भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागें । त्यो चाहीँ अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन्। उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु।

प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु। त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिव डेढ महिनाभित्र कार्यान्वयनमा आउँछ।’