आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप

 

भदौं ४, काठमाडौं – काठमाडौं महानगरले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप दिन लागिएको महानगरले जनाएको छ।

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने
पनि महानगरले जानकारी दिएको छ।

अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ। साविककै खोप केन्द्रबाट लगाउन सकिने बताइएको छ। यी केन्द्रबाट बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाउन सकिने भएको छ।