कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

भदौ ३, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई भर्ना गरिएको उनको परिवारिक स्रोतले जनाएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई जाएका हुन् । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई गएका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ । “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने ।