साउन ३२, काठमाडौ – जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालयले लागुऔषध दुव्र्यसनी, साइबर, बालबालिका विरुद्धका अपराधको न्यूनीकरण गर्न जिल्लाका सात विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययतरत ८५० छात्रछात्रालाई भर्चुअल माध्ययमबाट सचेतना कार्यक्रम गरेको हो ।
विगतमा भएका घटनाको विश्लेषणका आधारमा ती अपराधमा अधिकांश पीडक एवं पीडित युवा रहेको हुँदा उनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
पोखरा महानगरपालिका– ३ नदीपुरस्थित न्युग्यालेक्सी एकेडेमी कक्षा १२ मा अध्ययनरत १०० विद्यार्थीका लागि जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र प्रवक्ता केसीले उक्त विषयमा प्रशिक्षण दिए ।