साउन २५, विराटनगर– गजल घरभित्र जुवातास खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित संगम गीत गजलमा प्रहरीले २ लाख ३१ हजार २४० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा विराटनगर–११ का विरेन सहनी, राजन पौदार, अजय सहनी र सन्तोष कार्की, विराटनगर–१२ का राहुल सहनी र विमल मुखिया, विराटनगर–२ का भुवन कालाखेती र दिनेश सत्रा, विराटनगर–८ का सुवोध पासवान, विराटनगर–१४ का बलबहादुर कोइराला, विराटनगर–६ का रन्जित सिंह र कटहरी गाउँपालिका–१ का सवध नारायण चौधरी रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरी जुवा ऐन २०२० को कसुर अनुसार कारवाही अघि बढाइएको जनाइएको छ ।