आन्तरिक मूल्याङ्कनलाई आधार मानेर एसईईको नतिजा सार्वजनिक

साउन २३, काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो ।

नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।

नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।