असार २९, काठमाडौं- नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।
सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा बैंकले एक औपचारिक कार्यक्रमका वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।
बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।