प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारी

असार २९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी गरेका छन्।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले बालुवाटार छोड्ने तयारी गरेका हुन्।

प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको बताइएको छ ।