आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २६, काठमाडौं – शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने विभागले बताएको छ ।
‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ विभाज्ञले बुलेटिन जारी गर्दै भनेको छ ।