एमाले कार्यदलको बैठक आज पनि बस्दै

असार २६, काठमाडौं –नेकपा एमाले एकताको लागि बनेको कार्यादलको बैठक आज पनि बस्दैछ ।

शुक्रबारको बैठकमा पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताइएको छ ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न ५ दिनयाता कार्यदलको बैठक निरन्तर बसिरहेको छ ।

पछिल्लो समय नेताहरूले सहमतिको खाका तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको बताउँदै आएका छन् ।