थप २,३२८ जना कोरोना संक्रमित, १९ जनाको मृत्यु

असार १९, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज मात्रै १९ जनाको मृत्यु भएको छ भने ३ हजार ०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।