थप २,७६० जना संक्रमित, ३३ जनाको मृत्यु

असार १७, काठमाडौँ – पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना भाइरसका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै ४०१७ जना संक्रमणमुक्त भएका छन् ।