थप २,६३६ जना संक्रमित, २० जनाको मृत्यु

असार १५, काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २,६३६ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ४,४८९ जना संक्रमणमुक्त भएका छन्