असार १४, डडेलधुरा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरा स्थित आफनो शाखा कार्यालयमा आइतवार एक कार्यक्रम आयोजना गरी पदम राज पन्तको मृत्यू दावी भूक्तानी गरेको छ ।
मृतक पन्तले ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत श्री साबधिक जीवन वीमालेख खरीद गर्नु भएको कम्पनीले जनाएको छ । निजको जिप दुर्घटनावाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत एक करोड चौबिस लाख अड्चालिस हजार पन्तको इच्छाएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिका का नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेको हो ।