असर १२, बाँके – जातीय विभेदको संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्ती माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका छन् ।
जातीय विभेद जस्तो अपराधमा अदालतमा रहेकी आरोपित महिलालाई झण्डावाल गाडिले स्कटिङ गरेर जातीय विभेदलार्इ प्रसय दिएको भन्दै बर्खास्तीको माग गरेका हुन् । शनिबार कोहलपुरको न्यूरोडमा जम्मा भएका कोहलपुरका युवा तथा अधिकारकर्मीले आँखामा पट्टी र हातमा साङलो बाँधेर सांकेतिक विरोध गरेका थिए ।
उनीहरुले जातीय विभेदको अन्त्य गरौँ, जात व्यवस्था खारेज गर र जातीय विभेदको संरक्षण गर्ने मन्त्रीलाई बर्खास्त गर भन्ने नारा लेखिएका प्ले कार्ड समेत बोकेका थिए । उक्त अवसरमा बोल्ने अधिकांश वक्ताहरुले राज्यद्धारा संरक्षित अपराध कुनैपनि हिसाबमा स्वीकार योग्य नहुने बताएका छन ।