आज देशभर थप २,०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु प्रकाशित : २०७८ असार १२ गते १७:३२ असार १२, काठमाडौँ – आज नेपालमा २,०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४,९१४ जना संक्रमणमुक्त भएका छन् ।