थप ४३४४ जना कोरोना संक्रमित, ५७६८ जना संक्रमणमुक्त प्रकाशित : २०७८ जेठ २६ गते १८:५० जेठ २६, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ८१ जनाको मृत्यु भएको छ भने ५७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।