जेठ २४, काठमाडौ एन आई सी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा Online Account Opening Challenge प्रतियोगिता सार्वजनिक गरेको छ ।
२०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्नुहुने दुई जनालाई जनही रू. ५० हजार नगद जित्ने मौका दिएको छ । Account Opening Challange का लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ –
क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
ख. Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि Submitted सम्म देखिने गरी Screenshot लिने ।
ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshotपोष्ट गर्ने ।
घ. सहभागीले उक्त inned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।
ङ. यस बैंकको फेसबुक पेज र उक्त एष्ललभम पोष्टलाई लाइक गर्ने ।
यस प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक÷एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक लार्ई आइफोन–१२ प्रदान गरिने योजना रहेको बैकले जनाएको छ ।
…Video Challenge’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नुहुने outuber यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।
भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही रू. ५०,००० का दरले नगद पुरस्कार प्रदान गरिनेछ ।