थप ५ हजार ४२ जनामा कोरोना संक्रमण, ६८ जनाको मृत्यु

जेठ २२, काठमाडौँ – आज नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको छ ।

आज मात्रै देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।