जेठ २०, काठमाडौ – गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा गम्भीर घाइते भएका राजु उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वताएको छ ।