जेठ १५, काठमाडौँ – बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा भएको हो । संक्रमणको दरमा कमी नआएपछि जेठ एक गतेदेखि १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।