जेठ ५,एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
ब्राइटनको मैदानमा सुरुवाती दुई गोलको अग्रता बनाएपनि जोगाउन नसक्दा सिटी पराजित भएको हो ।
जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेको छ । ब्राइटन १५ औं स्थानमा रहेको छ ।
सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ ।