देशभर ८,२०३ कोरोना संक्रमित थपिए, थप १९६ जनाको मृत्यु

जेठ ४, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् ।