वैशाख २३,काठमाडौं-प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी जसपाका तीन र कांग्रेसका एक सांसद छन् ।
संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको सद सचिवालय स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीले जानकारी दिए।