बैशाख १४ ,देउखुरी -दाङमा नौ दिन लकडाउनको घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा नौदिन लकडाउन गर्ने निर्णय पारित गरेको हो ।
बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो ।
खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ ।