बैशाख १४,काठमाडौं -नेपालस्थित त्रिभुवनबाट तेस्रो मुलुक जान जान रोक लगाइएको छ ।
कोरोना कहर बढ्दै गएपछि एकमात्र अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई जान रोक लगाइएको हो । अब विभिन्न कामको शिलशिलामा नेपालमा रहेका र विमानस्थल हुदै हवाई मागबाट बाहिर विदेशी अब रोकिने भएका छन्।
अध्यागमन विभागले एक सूचना जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य मुलुक जानेलाई प्रतिबन्ध लगाएको हो।
विभागका अनुसार वैशाख १५ गते राति १२ बजे यो रोक लाग्नेछ।