बैशाख १०,काठमाडौँ-नेकपाका एमालेका चार प्रदेश सांसदको पदमुक्त गर्ने एमालेको महाधिबेशन आयोजक समितिले निर्णय गरेको छ ।
कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने एमालेको माधव समूहका सांसदहरुलाई पदमुक्त गरिएको हो ।
उनीहरुले माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरुको मतले कर्णाली सरकार जोगिएको थियो ।
पदमुक्त हुनेमा सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही रहेका छन् । अब उनीहरु सांसदविहिन भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले भने फ्लोर क्रस गर्ने चारमध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।