बैशाख १०, काठमाडौ – चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित छायाँंकन सुरु भएको फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । छायाँकनको केही काम बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको बताइएको छ । बाँकी छायाँकन काठमाडौमै गर्ने भनिएको छ ।
अन्तरजातीय विवाह पछि जीवनमा आउने समस्यालाई कथा वनएको फिल्मको निर्देशन प्रवेश पौडेलले गरेका छन ।
यसै गरि अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा हुन् ।