बैशाख ७, ललितपुर – पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ । निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर भजन उपसमितिका अध्यक्ष विनोद पाठकले संयुक्तरूपमा सो कृति लोकार्पण गरेका हुन् ।एक सय ७५ पृष्ठको सो कृतिमा गणेश, दुर्गा, शिव, राम, कृष्ण, हरि, आमा, निर्गुणलगायत अन्य देवीदेवतासँग सम्बन्धित १४२ भजन समाविष्ट छ । उक्त समूहका ज्येष्ठ सदस्य जगन्नाथ घिमिरेसहित अन्य वक्ताले सो कृतिका विविध पक्षमा चर्चा गरेका थिए ।
पं हरिहर पोखरेलकाे भजन सुधा सार्वजनिक
